Benchmarks
View scores and output across OCR models spanning many document categories.
Want to run these evals on your own documents?
Talk to Salesअख्तियार दुरुपयोग अनुसन्धान आयोग
टंगाल, काठमाण्डौ
मिति: २०७४/०१/२२ गते
प्रेस विज्ञप्ति
विषय: घुस रकम सहित नियन्त्रणमा लिईएको।
जिल्ला प्रशासन कार्यालय काठमाण्डौंका नायव सुब्बा गोबिन्द पुडासैनि र सेवानिवृत नायब सुब्बा मुक्तिनाथ दवाडीले सेवाग्राहीको छोरी श्रीमानसंग सम्बन्ध बिच्छेद गरी अष्ट्रेलियामा बस्दै आएकीमा निजको ६ बर्षकी छोरीको नावालक परिचय पत्र बनाउनको लागी निवेदन दिएकोमा सो काम नगरी आलटाल गरि उक्त कार्य गर्नको लागि रु.२६,०००।- (अक्षेरुपी छब्बिस हजार) घुस रिसवत माग गरि रहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगालबाट खटिई गएको टोलीले निज नायव सुब्बा गोबिन्द पुडासैनिलाई रु.२५,०००।- र सेवा निवृत नायब सुब्बा मुक्तिनाथ दवाडीलाई रु.१,०००।- घुस लिंदै गरेको अवस्थामा जिल्ला प्रशासन कार्यालय काठमाण्डौंको क्यानटिनबाट घुस रकम सहित नियन्त्रणमा लिई अनुसन्धान भईरहेको छ।
(जीवराज कोइराला)
सह-सचिव एवं प्रवक्ता